शुक्रवार, आश्विन २३ गते २०८३

लुम्बिनी प्रदेशसभा: सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

बुधवार , पौष २७, २०७९

बुटवल । लुम्बिनी प्रदेशसभा सरकारमा दाबी पेस गर्ने प्रदेश प्रमुखले दिएकाे समय आज सकिदैछ। प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न ४ बजेसम्मकाे समय दिएका छन्। 

मंगलबारनै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गनए सकेन । एमालेका केन्द्रीय सदस्यसमेत रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा सोमबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले)लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् ।

तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले बुधबार मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए । 

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार