शुक्रवार, आश्विन २३ गते २०८३

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त, माओवादी- एमालेले आलोपालो सरकार चलाउने

बुधवार , पौष २७, २०७९

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्मालाई माओवादी केन्द्र, एमाले, राप्रपा,  र नेकपा एस गरी २५ सांसदको समर्थन छ । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् ।

माओवादी पोलिटव्युरो सदस्य रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् । 

एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो ।

अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्ने माओवादी कर्णालीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार