शुक्रवार, आश्विन २३ गते २०८३

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

शुक्रवार , पौष २९, २०७९

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् ।

बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ ।

यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । उनीहरूको शपथ १० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार