शुक्रवार, आश्विन २३ गते २०८३

प्रदेश १ मा मन्त्रीपरिषद् विस्तार, माओवादीका दुई र एमालेका एकजना बने मन्त्री

शुक्रवार , पौष २९, २०७९

काठमाडौं। प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन।

उनले शुक्रबार विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।  

तीनै जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । तर नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन ।

यसअघि सोमबार मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूणर्ता दिने मुख्यमन्त्री कार्कीको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार