शुक्रवार, आश्विन २३ गते २०८३

मन्त्रीमण्डल विस्तारबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल 

शनिवार , पौष ३०, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटका क्रममा सरकार विस्तारबारे परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

सानो आकारको मन्त्रिमण्डल बनाए पनि सत्ता साझेदार दलबीच भागवण्डा नमिल्दा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सक्नु भएको छैन। दुई शीर्ष नेताको भेटमा सभामुखको निर्वाचनबारेपनि छलफल भएको छ । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ ।

नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको चयन गर्नुपर्ने व्यवस्था छ ।

विश्वासको मत पाएको ५ दिनसम्म पनि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । उनले तीन जनाबाहेक अरू मन्त्रीलाई जिम्मेवारी समेत दिएका छैनन् ।

सरकारलाई विश्वासको मत दिएको कांग्रेसले प्रतिपक्षमा बस्ने बताएको छ भने एकीकृत समाजवादी र लोसपाले प्रतिपक्षमा बस्नेबारे ठोस निणर्य गरिसकेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार