शुक्रवार, आश्विन २३ गते २०८३

राष्ट्रिय भूकम्प सुरक्षा दिवस: पुनर्निर्माणलाई पूर्णता दिने प्रतिबद्धता

सोमवार , माघ २, २०७९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्निर्माणका क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिने र भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिङ्गो देशलाई लयबद्व बनाउने प्राथमिकता व्यक्त गरेका छन्।

२५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका सबै नीतिगत र कानुनी प्रबन्धहरूको कडाइसाथ कार्यान्वयन गरिने बताएका हुन्। उनले पूर्वसचेतनाका क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट सम्भव भएसम्म योगदानका साथ सरकारसँग हातेमालो गर्न आग्रह गेऽ । उनले भने, “यस दिवसका सन्दर्भमा सुरक्षित, आधुनिक र भूकम्प प्रतिरोधी संरचना निर्माण, विपत्बारे 

पर्याप्त ज्ञान र पूर्वसूचना एवं आवश्यक पूर्वसतर्कताका निम्ति सम्पूर्ण नेपालीहरूमा हार्दिक अपिल गर्दछु ।”

प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माण प्राधिकरण नै गठन गरेर भूकम्पबाट क्षतिग्रस्त सरकारी, सामुदायिक संरचना एवं निजी घरहरूको पुनर्निर्माण सरकारको प्राथमिकतामा पर्दै आएको बताए । उनले यस दिवसले आधुनिक, गुणस्तरीय र प्रतिरोधी संरचनाको निर्माण एवं सामाजिक सचेतनाका क्षेत्रमा महत्त्वपूर्ण सन्देशका साथ अभिप्रेरित गर्ने विश्वास लिएको बताए।

उनले आफ्नो दोस्रो कार्यकालमा पुनर्निर्माणका क्षेत्रमा भएका कामहरू सार्वजनिक गर्ने, त्यसको पारदर्शिता कायम गर्ने, निजी आवास पुनर्निर्माणका लागि दिइँदै आएको अनुदानमा रु. एक लाख थप गर्ने काम भएको स्मरण गराए। उनले भूकम्पबाट क्षति भएका आवासहरूको प्रबलीकरणका निम्ति ५० हजार रुपियाँ थप गर्ने, राष्ट्रिय सहमति र सहकार्यको वातावरणका साथ पुनर्निर्माणलाई तीव्रता दिने, भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाको दु्रत गतिमा पुनर्निर्माण गर्नेलगायतका महत्त्वपूर्ण काम गरिएको उल्लेख गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार