शुक्रवार, आश्विन २३ गते २०८३

मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेमा प्रचण्ड-ओली सहमत

सोमवार , माघ २, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसुहमत हुनुभएको छ । सोमबार बिहान बालकोटस्थित ओली निवासमा भएको दुई नेताबीचको भेटवार्तामा राप्रपालगायतलाई सरकारमा सहभागी गराउने  र मन्त्रिपरिषदलाई चाँडै पुणर्ता दिनेमा सहमति जुटेको हो ।

यस्तै सोही छलफलमा राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ । प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन ।

यस्तै सभामुख र उप-सभामुख निर्वाचनका बिषयमा समेत पार्टीहरुबीच औपचारिक रुपमा छलफल हुन सकिरहेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार