शुक्रवार, आश्विन २३ गते २०८३

सत्ता साझेदार दल एक ठाउँमा छौं, शंका गर्ने कारण छैन: विष्णु पौडेल

सोमवार , माघ २, २०७९

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारको आयुको बारेमा शंका गर्नुपर्ने ठाउँ नभएको प्रष्ट परेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको चर्चा चलिरहेको बेलामा उनले कुनै समस्या नभएको बताए ।

उनले भने, ‘भोलि विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरु पनि राखिन्छ ।’

प्रधानमन्त्रीले भोलिको बैठकपछि कांग्रेससँग पनि सल्लाह गरिन्छ भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सरकार जे जस्तो राजनीतिक दलहरुको सहमतिमा अगाडि बढेको छ गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ ।’

सत्ता साझेदार दल एक ठाउँमा भएको उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार