काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्न लागेको छ । यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा हुने पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न बैठक बोलाइएको थियो ।
बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।