शुक्रवार, आश्विन २३ गते २०८३

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मंगलवार , माघ ३, २०७९

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। मंगलबार प्रदेशसभामा भएको मतदानमा उहाँलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।

प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए। ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहेका थिए ।

जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गर्नुभएको छ भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले विश्वासको मत दिएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन ।

नेपाली कांग्रेस कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निणर्य गरेको थियो ।

प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विपक्षमा मतदान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार