शुक्रवार, आश्विन २३ गते २०८३

एमालेका देवराज घिमिरेले दिए सभामुखमा उम्मेदवारी

बुधवार , माघ ४, २०७९

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुख उम्मेदवारी दर्ता गरेका छन् । बानेश्वारस्थित संसद भवनमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।

२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा-२ बाट निर्वाचित भएका हुन्।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ । भोलि सभामुख चयनको निर्वाचन हुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार