काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई गति दिन आफूहरूले रचनात्मक र सक्रिय भूमिका निभाउने बताएका छन् ।
शुक्रबार एमाले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अब पार्टीका नीति तथा कार्यक्रम लिएर जनतामा गई व्यापक समर्थन प्राप्त गर्ने जनाए ।
जनताको समर्थनबाट बनेको सरकार सर्वोच्चको परमादेशका कारण ढलेको भन्दै ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको बताए ।
बैठकमा कार्यदलमा भएको दसबुँदे सहमतिका विषयमा पनि छलफल हुने भएको छ । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष भने बैठकमा उपस्थित छैन ।
नेपालपक्षका दोस्रो तहका नेताहरूले स्थायी र संसदीय दलको बैठक रोकेर अनौपचारिक छलफलका लागि आग्रह गरेका थिए । तर ओलीले नेपाल पक्षको आग्रहलाई वेवास्ता गर्दै स्थायी कमिटी बैठक सुरु गरेका छन् ।