शुक्रवार, आश्विन २३ गते २०८३

हत्यारा सांसदबारे गृहमन्त्रीको जवाफ : मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन

बिहिवार , माघ ५, २०७९

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार  विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।

सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’

आफ्नो नेतृत्वको मन्त्रालयले कर्मचारी सरुवा बढुवामा समेत विधि स्थापित गर्न चाहेको समते उनले बताए ।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीमाथि हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ। उनी महोत्तरी १ बाट निर्वाचित भएका हुन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिँदा सांसद काेईराला उपस्थित भएपछि पनि गृहमन्त्रीमाथि प्रश्न उठेकाे थियाे। मन्त्री लामिछानेले प्रहरीलाई पक्राउ निर्देशन दिएकाे बताएपनि हालसम्म पक्राउ परेका छैनन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार