शुक्रवार, आश्विन २३ गते २०८३

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

बिहिवार , माघ ५, २०७९

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्।

आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । सत्तारुढ सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका छन् । 

८७ सदस्यीय रहेको प्रदेश सभामा बिहीबारको बैठकमा ८६ जना सांसद उपस्थित थिए। जसमा मुख्यमन्त्री गिरीको पक्षमा मतदानमा ५७ र विपक्षमा २८ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार