आइतवार, आश्विन २५ गते २०८३

देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं । नेकपा एमालेले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको एमाले अध्याक्ष ओली पक्षको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परामादेशले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका छन् । उनले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

पार्टीको यो निर्णय मान्न सांसदहरुलाई निर्देशन पनि बैठकले दिएको छ । त्यस्तै पार्टीको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार