शुक्रवार, आश्विन २३ गते २०८३

प्रदेश १ मा मन्त्रालय भागबण्डाः कसले कुन मन्त्रालय पाए? 

शुक्रवार , माघ ६, २०७९

काठमाडौं। प्रदेश १ सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन्।  

कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन्।  

नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् भने बुद्वीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाए।

माओवादीका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालय पाएका छन्।

राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । 

यस्तै प्रदेशमा रहेका १३ मन्त्रालयलाई ९ वटामा झारिएको छ । पहिलो प्रदेश सरकार गठन हुँदा ७ मन्त्रालय रहेकोमा राजेन्द्र राई मुख्यमन्त्री हु्रँदा १३ पुर्‍याइएको थियो । अहिले भने १३ मन्त्रालयलाई ९ मा झारिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार