शुक्रवार, आश्विन २३ गते २०८३

आलोचनापछि गृहमन्त्री रविले भने- मिडियाको हेडलाइन बदल्न सक्दिनँ

शनिवार , माघ ७, २०७९

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन् ।

फरार अभियुक्त संसद भवनमै आउँदासम्म पक्राउ गर्न नसकेको भनेर आलोचना भइरहँदा गृहमन्त्री लामिछानेले पुराना फरारहरू समातिने बताएका हुन् । 

‘पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बोलेका शब्द–शब्दको हेक्का छ । भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।’

जनताको लाइफलाइन बदल्न आफूले मिहिनेत गरिरहेको पनि उनले बताएका छन् । ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनु चाहिँ पर्छ’ उनले थपे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार