शुक्रवार, आश्विन २३ गते २०८३

संसदमा रामहरीको आक्रोशः गृहमन्त्रीले जनतालाई मूर्ख बनाए 

शनिवार , माघ ७, २०७९

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले जनता र संसदलाई मूर्ख बनाउने काम गरेको अराप लगाएका छन्। 

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकप्रियताका लागि मिडियावाजी गरेको आरोप लगाएका हुन्। नेकपा एमालेको सांसद लक्ष्मी कोईरीलाई पक्राउ गर्ने बिषयमा शुक्रबार मात्रै गृहमन्त्रालयले प्रहरीलाई पटकपटक मौखिक निर्देश्न दिंदा समेत पक्राउ नपरेको भन्दै फेरी ध्यानाकर्षण गराएको जनाएको थियो। त्यही बिषयमा खतिवडाले ध्यानाकर्षण गराएका हुन्। 

त्यस्तै उनले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरे । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् ।

‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो?’, उनले भने । गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अपराधीलाई चिनाइदिने हो? गृह मन्त्रीलाई हत्कडी लिएर आउनुस् भनेको हो?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार