शुक्रवार, आश्विन २३ गते २०८३

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

सोमवार , माघ ९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सांसद सन्तोष परियार चयन भएका छन् ।

पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन भएका हो ।

श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिक तर्फका सांसद हुन् ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार