शुक्रवार, आश्विन २३ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

सोमवार , माघ ९, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार