प्रतिनिधि सभामा २१ सदस्यीय प्रतिनिधि सभा मस्यौदा नियमावली समिति गठन भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद देवेन्द्र पौडेलले २१ सदस्यीय मस्यौदा नियमावली समिति गठनको प्रस्ताव ग/]sf x'g\.
यो समितिले १५ दिन भित्रमा प्रतिनिधि सभा सञ्चालनका लागि चाहिने आवश्यक नियम कानून तय गर्नेछ ।
सांसद रामकृष्ण यादव, ऋषिकेश पोखरेलले प्रस्तावमा समर्थन गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौता समिति गठनको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।