शुक्रवार, आश्विन २३ गते २०८३

कर्णालीमा टुंगियो मन्त्रालय भागबण्डा, मन्त्रिपरिषद् विस्तार बुधबार

मंगलवार , माघ १०, २०७९

सुर्खेत । कर्णालीमा सत्तारुढ दलको  बैठकले भागवण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो  ।

यी मन्त्रालयमा जाने मन्त्रीको सपथ भोली हुने मल्लले जानकारी दिए । मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा भोली मन्त्रीमण्डलले पूर्णता पाएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार