बिहिवार, आश्विन २२ गते २०८३

गृहमन्त्री लामिछानेको मुद्दाको इजलासमा एक जना न्यायाधीश फेरिए

बुधवार , माघ ११, २०७९

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धि मुद्दा सुनुवाइ गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् ।

यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा रहेका छन् भने प्रकाशमानसिंह राउत हटेका छन्।

वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा रहेका थिए।

यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार