बिहिवार, आश्विन २२ गते २०८३

बाग्मती सरकारले पूणर्ता पाउदैः एमाले र माओवादीले टुंग्याए ३-३ मन्त्री

बुधवार , माघ ११, २०७९

काटमाठौं। वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूणर्ता दिने भएका छन्। मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार साँझसम्म मन्त्रिपरिषदलाई पूणर्ता दिने भएका हुन्।

सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेललाई मन्त्रीका रुपमा पठाउने भएको छ । त्यसैगरी माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएको छ ।

माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएको छ । तीन मन्त्री पाएको राप्रपाले यसअघि नै एक मन्त्री पठाएपनि बाँकी दुई जना कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागाइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार