बिहिवार, आश्विन २२ गते २०८३

आज माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

बिहिवार , माघ १२, २०७९

काठमाडौँ। आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् ।

पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ ।

आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार