बिहिवार, आश्विन २२ गते २०८३

माओवादी बैठकः राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति 

बिहिवार , माघ १२, २०७९

काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा जोड दिएको छ ।

बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा पार्टीको जोड रहेको जानकारी दिए।

सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्ने माओवादीको निष्कर्ष रहेको उनको भनाइ छ ।

उनले एमाले, कांग्रेससहित सबै दलहरुबाट साझा व्यक्तिलाई अघि सार्नुपर्नेमा समेत जोड दिए। कुनै पार्टी विशेषलाई बाइपास गरेर राष्ट्रिय सहमति नहुने उल्लेख गर्दै नेता पौडेलले एमाले र कांग्रेससँग छलफल भइरहेको बताए ।

बिहीबारको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सामान्य रिपोटिङमात्रै भएको छ  । बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार