बिहिवार, आश्विन २२ गते २०८३

ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

शनिवार , माघ १४, २०७९

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन्।

आज शनिबार भैरहवामा एक कार्यक्रममा अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन्। 

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा पुगिसकेकी छन्।
 
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा जाने बताइएको छ।

गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ। बाहिरी रुपमा मन्त्री बनाउनेसम्मकाे चर्चा समेत सुनिएकाे छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार