बिहिवार, आश्विन २२ गते २०८३

फागुन २८ अगावै राष्ट्रपतिको चुनाव गर्नुपर्छ - कांग्रेस उपसभापति खड्का

आइतवार , माघ १५, २०७९

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगले दायाँबायाँ नसोची फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको चुनावको मिति घोषणा गर्नुपर्ने बताए । 

‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार