बिहिवार, आश्विन २२ गते २०८३

रवि लामिछानेले आज नागरिकता लिने

आइतवार , माघ १५, २०७९

काठमाडौं । रवि लामिछानेले आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज उनले नागरिकता लिने तयारी गरेका छन् । 

अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको संसद र मन्त्री पद गुमेको थियो । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संबैधानिक इजलासका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार