बिहिवार, आश्विन २२ गते २०८३

संसदमा उठ्यो बाँदर आतंक नियन्त्रणको माग

बुधवार , माघ १८, २०७९

काठमाडौं । प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले दोलखामा बढेको बाँदर आतंक नियन्त्रण गरेर खाद्य सुरक्षा गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले दोलखामा बाँदर आतंक बढ्दा बसाईंसराइको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

बादर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागु गर्न सरकारसँग माग गरे । 

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार