आइतवार, आश्विन २५ गते २०८३

जसपा यादव पक्ष सरकारमा सहभागी हुने, पाँच सांसदले छोडे ठाकुर समुह

शनिवार , श्रावण २, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ । आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो । 

सरकारमा सहभागी हुन तयारी गरेको यादव समुहले सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको जनाइएको छ ।

यसैविच अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छाडेर ५ सांसद् यादव पक्षको बैठकमा सहभागी भएका छन् । ठाकुर समहुमा रहेका अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षमा आएका हुन् । 

यसअघि पार्टी नै विभाजन गरेर अध्यक्ष ठाकुर समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो ।

३२ सांसदमध्ये अध्यक्ष ठाकुर पक्षमा २० जना थिए भने अर्का अध्यक्ष यादव पक्षमा १२ मात्रै सांसद् थिए । 
अध्यक्ष ठाकुर पक्षले ५ सांसदलाई साथ छाडेपछि यादव पक्षमा १७ सांसद् पुगेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार