बिहिवार, आश्विन २२ गते २०८३

सदनमा गणतन्त्र र राजतन्त्रबारे सत्तारुढ सांसदकै जुहारी, राजा ल्याउने राप्रपाको उद्घोष

बुधवार , माघ १८, २०७९

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा देशमा मौजुदा व्यवस्थालाई लिएर सत्तापक्षकै सांसदहरुको जुहारी चलेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले संघीयताविरुद्ध बोल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएपछि सत्ता पक्षकै सांसदहरुको जुहारी चलेको हो ।

पन्तले राप्रपाका मन्त्रीहरुलाई लक्षित गर्दै सरकारमा सहभागी मन्त्रीहरू नै संविधानको मान्यताविपरीत धर्म निरपेक्षता र संघीयतालाई मान्दिनँ भन्नु मुलुकको लोकतन्त्रका लागि राम्रो लक्षण नभएको बताए।

त्यसलगत्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले पनिसरकारमा बसेर संघीयताको विरुद्ध बोल्न नमिल्ने बताउनुभएको छ । सडकमा बहस एक हदसम्म स्वीकार्य हुनसक्ने उउनको भनाई थियो। 

तर, सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उहाँहरुका भनाईप्रति आपत्ति जनाए। शाहिले सांसदहरुको भनाइप्रति नियमापत्ति गर्दै संविधानको धारा २७४ उल्लेख गर्दै गणतन्त्र चाहिन्छ वा चाहिदैन भन्ने बिषय पनि यही संसदले लागू गर्नसक्ने बिषय भएको उल्लेख गरे।

त्यसलगत्तै बोल्नुभएका राप्रपा महामन्त्री धवलशमशेर राणाले राजतन्त्र फर्काएरै छाड्ने उद्घोष गरे। संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएको बताउदै उहाँले राजसंस्था स्थापना गर्नका लागि कुनैपनि संविधानले नरोक्ने र कार्यान्वयन गरिछाड्ने बताए।

यस्तै उनको भनाइप्रति जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले चर्को असन्तुष्टि पोख्दै संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्न बाध्य हुने चेतावनी समेत दिए। संविधान नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताउँदै उहाँले संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वाद र दाइजोबाट नआएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार