बिहिवार, आश्विन २२ गते २०८३

गृह मन्त्रालय छाड्न रवि तयार, तर पार्टीले पाउनुपर्ने माग

बिहिवार , माघ १९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आज बिहान लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्रीसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताएको स्रोतले जनाएको छ । जवाफमा प्रचण्डले गृहमन्त्रीमा आफ्नो पार्टीले समेत दावी गरेकाले सहमति खोजिनुपर्ने जवाफ दिएको स्रोतले जनाएको  हो।

तर,लामिछाने आफैले गृहमन्त्री पाउनुपर्ने अडानबाट भने पछि हटेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन भनेपनि प्रधानमन्त्री दाहालले दोहोरो नागरिकताको विषय विवादित रहेको र अदालतको पूणर्पाठ समेत आउन बाँकी रहेकाले तत्काल त्यो संभव नभएको अडान राखेका थिए।

माओवादी केन्द्रका पदाधिकारीहरूले समेत पुनः लामिछानेलाई गृहमन्त्री नबनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए । 

आफू नभए आफूले भनेका व्यक्तिलाई लामिछानेले गृहमन्त्री बनाउन आग्रह गरेको जनाइएको छ ।  प्रधानमन्त्री दाहालले भनृ गृहमन्त्रालय आफूले पाए माओवादीले चलाई रहेका अर्को जुनसुकै मन्त्रालय दिने प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ। लामिछानेले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार