बिहिवार, आश्विन २२ गते २०८३

मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन - प्रधानमन्त्री प्रचण्ड

बिहिवार , माघ १९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका हुन् । ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’ प्रचण्डले भने । 

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार