बिहिवार, आश्विन २२ गते २०८३

स्वतः विजयी घोषित गर्न निवेदन दिन उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

आइतवार , माघ २२, २०७९

काठमाडौं । आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ  निर्वाचन आयोग जाने भएका छन् ।

नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि उनी स्वतः विजयी हुने बाटो खोज्दै आयोगमा निवेदन दिन लागेका हुन् ।

बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गरेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार