बिहिवार, आश्विन २२ गते २०८३

नागरिकता लगायत जनसरोकारका विधेयक संसद्‌मा लैजानेबारे दलहरूबीच समझदारी

सोमवार , माघ २३, २०७९

काठमाडौं । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित् विधेयकहरूलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न सोमबार बोलाएका बैठकमा नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विभिन्न  विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । 

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिनेछ । 

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार