बिहिवार, आश्विन २२ गते २०८३

रास्वपालाई फेरी सरकारमा ल्याउन सरकारी प्रयास जारी, यस्ता छन् मन्त्रीपरिषद्का निर्णय

मंगलवार , माघ २४, २०७९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरी सरकारमा ल्याउन प्रयास भइरहेको बताएकी छन्।

मंगलबार मन्त्रीपरिषद् बैठकको निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रास्वपाले सरकार छाडेपछि अबको कदमबारे गठबन्धनमा छलफल हुने बताईन्। प्रधानमन्त्रीले गठबन्धन जोगाउन र रास्वपालाई सरकारमा फिर्ता ल्याउन प्रयास गरिरहेको शर्माले बताईन्। 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निणर्य गरेको थियो । दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिका लागि स्वीकृति दिने लगायतका निणर्य भएको छ ।  दैलेखको भैरबी गाउँपालिका-१, जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्तीका लागि स्वीकृति दिने निणर्य गरेको उनले बताईन्।

सन् २०१९ देखि नै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अगाडि बढाइएको थियो । कोरोना भाइरसको महामारीपछि बीचमा काम रोकिए पनि गत वर्ष चिनियाँ प्राविधिकहरुको टोलीले नै  जलजलेमा ठाउँ यकीन गरेको गरेको थियो ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयन अगाडि बढाउन काठमाडौंको गोकणर्ेश्वर नगरपालिका-१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निणर्य पनि गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निणर्य गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार