बिहिवार, आश्विन १५ गते २०८३

अफगानिस्तानका राजदूतकी छोरीमाथि हमला 

आइतवार , श्रावण ३, २०७८

 


पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजिबुल्लाह अलीखेलकी छोरी सिलसिला अलीखेलमाथि हमला भएको छ। 

इस्लामावादको प्रहरीले जानकारी दिएअनुसार राजदूत नजिबुल्लाहलाई नै हतियारधारी आक्रमणकारीहरूले अपहरण गर्ने प्रयास गरेको र उनकी छोरीलाई अपहरण गरी कुटपिट गरेको जानकारी दिएको हो। 

राजदूतलाई अपहरण गर्ने प्रयास सफल नभएपनि आक्रमणकारीहरूले उनकी छोरीमाथि हिंसा गरेर भागेको प्रहरीले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाबारे जानकारी लिँदै गृह मन्त्रालय, प्रहरी र सम्बन्धित एजेन्सीहरूलाई प्राथमिकताका साथ अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले जाँच एजेन्सीहरूबाट ४८ घण्टाभित्र अनुसन्धान प्रतिवेदन मागेका छन्। 

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले पनि आक्रमणकारीको भर्त्सना गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार