काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए संविधान नै दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेको उम्मेदवार फेरी राष्ट्रपति भए ‘सम्माननीय कठपुतली ’ बन्ने टिप्पणी गरेका हुन्।
त्यसले बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने थापाले स्पष्ट पारे। संविधानलाई जोगाउन एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्ने महामन्त्री थापाले बताए।
महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारबाट बाहिरिँदा समर्थन फिर्ता नलिएकोबारे प्रश्न गरेका छन् । उनले सञ्चारमाध्यमप्रति लामिछानेले दिएको अभिब्यक्ति ठीक नभएको बताए।