बिहिवार, आश्विन २२ गते २०८३

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा एक जना अनुपस्थित, ३०४ मत खस्यो

बुधवार , माघ २५, २०७९

दाङ । रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा ३०४ मत मात्रै खसेको छ । 

भर्खरै सम्पन्न उपनिर्वाचनमा ३ सय ४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार उपनिर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको र अब मतगणना कार्य सुरु हुनेछ । 

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। जसअनुसार ३०४ मत खसेको हो । 

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्। 

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यखिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधबार उपनिर्वाचन गराइएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार