बिहिवार, आश्विन २२ गते २०८३

सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन

बुधवार , माघ २५, २०७९

सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।

संवैधानिक इजलासले सो प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले गरेको तोक लगायतको विवरण झिकाउन आदेश दिएको अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

निलम्बित प्रधानन्यायाधीश जबरालाई कामकाजमा फर्किन सक्ने गरी संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दिएको महाअभियोग निष्क्रिय भयो भन्ने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार