बिहिवार, आश्विन २२ गते २०८३

संसदमा भर्चुअल बैठकले कानूनि मान्यता पाउने

बिहिवार , माघ २६, २०७९

काठमाडौं। संघीय संसदमा भर्चुअल बैठकले कानुनी मान्यता पाउने भएको छ । प्रतिनिधिसभाको  नियमावली मस्यौदा समितिले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ मा राख्ने गरी निणर्य लिएको छ ।

समितिको निणर्य अनुसार भर्चुअल बैठकसम्बन्धी व्यवस्थाका लागि छुट्टै व्यवस्था गरिनेछ । जहाँ कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निणर्यका आधारमा संसद र संसदीय समितिको बैठक राख्न सकिने भनेर उल्लेख गरिनेछ ।

प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव नभएको अवस्थामा सभाका कम्तीमा एक चौथाई सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकता अनुरुप कार्याव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निणर्य अनुसार प्रविधिको प्रयोग गरी बैठक बस्न सक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार