काठमाडौं । नेपाली कांग्रेसका डा. चन्द्रमोहन यादवसहित तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् ।
धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै यादव सहित ३ नेता आमरण अनसनमा बसेका हुन् ।
यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको डा. यादवले बताए । उनले यसलाई वाइपास गर्ने वा केन्द्रका दुई–चार जना बसेर निर्णय गर्नु गर्न नहुने माग रहेको बताए ।
डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् ।