काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको १० बुँदे सहमति प्रस्ताव अस्वीकार गरेका छन् । पार्टीभित्रको विवाद समाधानका लागि महिनौं लगाएर कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव नेता नेपालले अस्वीकार गरेका हुन् ।
कार्यदलको सदस्यसमेत रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज विहान नेता नेपाललाई भेटेका थिए । त्यसपस्चात् उनले लेखेका छन्, ’माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’