बिहिवार, आश्विन २२ गते २०८३

विप्लव नेतृत्वको युवा संगठन नेपालको पाँचौ पूर्ण बैठक सम्पन्न

बुधवार , फाल्गुण ३, २०७९

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपालको पाँचौ पूर्ण बैठक सकिएको छ। 

केन्द्रीय कार्यलयमा शनिबारदेखि युवा संगठन नेपालका अध्यक्ष पाटन सी को अध्यक्षतामा नेकपा स्थायी समिति सदस्य तथा फ्याक्सन इन्चार्ज शिलु सी को प्रमुख अतिथि, संगठनको पूर्व फ्याक्सन इन्चार्ज तथा नेकपा पोलिटब्युरो सदस्य उपत्यका ब्युरो इन्चार्ज कृति सी, लगायतको अतिथिहरूको उपस्थिति रहेको थियो। 

बैठकले संगठनको हकमा केन्द्रीय महासचिवमा तिलक सी केन्द्रीय सचिवमा विश्लेषण सी केन्द्रीय कोषाध्यक्षमा सुवास सी लाई सर्वसम्मत निर्वाचित गराएको छ।

तिन दिनसम्म चलेको पाँचौ बैठकमा बोल्दै अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा २८ औं जनयुद्ध दिवसको शुभकामना दिदै राष्टिय स्वाधीनताको रक्षा, महङ्गी, भ्रष्टाचार वैदेशिक रोजगारमा रहेका युवाहरूको समस्या, बैंक तथा वित्तिय संस्थाहरूको ब्याजदर वृद्धि, एमसीसी एसपीपी मिटरब्याजी लगायतका समस्याहरू विरुद्ध कार्यक्रम तय पर्नेमा जोड दिए।

नेकपाको हालै सम्पन्न केन्द्रिय समितिको तेस्रो बैठकले तय गरेको ६ महिने आवधिक योजनाका लक्ष्यहरूलाई पुरा गर्न, युवा अधिकार र युवा आन्दोलनका मुद्दाहरूमा र वैदेशिक रोजगारीमा समस्यामा परेकाहरुलाई उदार गर्ने लागू औषध दुर्व्यसनीमा परेका लाई नव जीवन घर बनाई सुधार गर्ने कल सेन्टर राख्ने जेल ब्रेक देशव्यापी भव्यरूपमा मनाउने लगायत निर्णयहरू भएका छन्।

No description available.

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार