आइतवार, आश्विन २५ गते २०८३

नेपाल बेग्लै कोर्षमा हिँड्न खोजे : प्रदिप ज्ञवाली

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । देउवा सरकारलाई विश्वासको मत दिन लागेका माधव नेपाललाई नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले नेता नेपाल बेग्लै कोर्समा हिंड्न चाहेको बताएका छन् ।

एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका  नेताहरुले आइतबार बिहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए । भेटमा विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीबारे छलफल भएको थियो ।

ज्ञवालीका अनुसार नेता नेपालले एउटा विन्दुमा पुगिसकेको हुनाले आफूले देउवालाई मत दिने बताएका थिए । नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरुले सहमतिअनुसार जे गर्दा पनि संस्थागत रुपमा निर्णय गर्नुपर्ने बताएका थिए ।

नेता नेपालले आफू बहुमतमा नभएको कमिटी, अल्पमतमा भएको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने कुरा गरेको भन्दै त्यसको तात्पर्य पार्टीलाई एकतावद्ध बनाएर लैजान उनि इच्छुक नभएको भन्ने देखिएको ज्ञवालीले बताए ।

यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिरहेको ज्ञवालीले बताए । नेता नेपालले देउवालाई विश्वासको मत दिने बताएका छन् भने अस्पतालमा उपचाररत नेता खनालले पनि आफ्नो मत देउवालाई रहेको विज्ञप्ति जारी गरी जनाएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार