बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै, आमाको अवस्था चिन्ताजनक

बिहिवार , फाल्गुण ४, २०७९

ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएकाे छ। 

काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।

२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर गरेको छ ।

परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।

कीर्तिपुर अस्पतालले एक विज्ञप्ती जारी गर्दै दुबै जनाकाे स्वासनलीमा ताताे हावा र धुँवाकाे कारणाले जलन भएकाे हुनसक्ने अत्याधिक सम्भावना भएकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्तान्तरण गर्न सिफारिस गरिएकाे छ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार