काठमाडौं । जनता समाजवादी पार्टी जसपाको अध्यक्ष उपेन्द्र यादव समुहले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
उपेन्द्र यादव पक्षको आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले १९ जना सांसद उपस्थित रहेको थियो ।
यसअघि यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकोमा अर्का अध्यक्ष महन्थ ठाकुर समुहका ६ जना सांसद अहिले उपेन्द्रतिर आएर १९ जना प्गेका छन् ।