आइतवार, आश्विन २५ गते २०८३

जसपा विवाद : निर्वाचन आयोगले झिकायो दुबै पक्षसंग सक्कल प्रमाण

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ ।

आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दियो । त्यसक्रमा दुबै पक्षले आआफ्नो तर्क गरेका थिए ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यहरुलाई बोलाएर सनाखत गर्न माग गरेका छन् । महन्थ ठाकुर पक्षले भने पुस २०७७ मा बसेको बैठकले नै कार्यसमिति सदस्यहरु हेरफेर गर्ने अधिकार ठाकुरलाई दिएको र त्यसअनुसार असारमा नयाँ कार्यकारिणी सदस्यहरुको बहुमत हेर्नुपर्ने बताएको नेता केशव झाले जानकारी दिए ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले पार्टी आधिकारिकता दाबी गरेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार