बुधवार, आश्विन १४ गते २०८३

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । 

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो । 

यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए । मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार